बालुवाटारमा गठबन्धन दलको बैठक सुरु-Sutra News

बालुवाटारमा गठबन्धन दलको बैठक सुरु

शनिबार, ९ पौस २०७९

शनिबार, ९ पौस २०७९

नयाँ सरकार गठन र शक्ति बाँडफाँडको विषयमा सहमति जुटाउन सत्ता गठबन्धन दलको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।



बैठकमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलका नेताहरू सहभागी रहेका छन् । भोलि साँझ ५ बजेसम्म नयाँ सरकार गठनका लागि राष्ट्रपतिलाई प्रधानमन्त्रीको नाम दिनुपर्ने समय सीमा रहेको बेला सहमति जुटाउनका लागि दलहरू छलफलमा जुटेका हुन् ।

कांग्रेस र माओवादी केन्द्रले सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडानकाबीच गठबन्धन दलको बैठकले कस्तो निकास सदने हो त्यो भने हेर्न बाँकी नै छ । यद्यपी कांग्रेसको नेतृत्वमा सरकार निर्माण गर्न सहमति जुटाउनका लागि शनिबार बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट