प्रधानमन्त्री चयनका बिषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन-Sutra News

प्रधानमन्त्री चयनका बिषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

शनिबार, ९ पौस २०७९

शनिबार, ९ पौस २०७९

प्रधानमन्त्री चयनका बिषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्ष बिहीन भएको छ ।



प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको गठबन्धनको बैठकमा पहिला को प्रधानमन्त्री भन्ने बिषयमा सहमति जुट्न नसकेको हो । गठबन्धनभित्र कांग्रेस सभापति शेर बहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड मध्ये को पहिला प्रधानमन्त्री हुने भन्ने विवाद छ । बैठकपछि कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले गठबन्धनमा बिभिन्न बिकल्पमा छलफल भएको र बैठक सकारात्मक भएको जानकारी दिनुभयो ।

उहाले जनताको अभिमतलाई सम्मान गर्दै गठबन्धनलाई निरन्तरता दिने बिषयमा भने दलहरु एकमत रहेको दावी गर्नुभयो । उहाले बिकसित राजनीतिक घटनाक्रमका साथै आगामी दिनमा कसरी जाने भन्ने बिषयमा बैठकमा छलफल भएको जानकारी दिनुभयो । उहाले प्रधानमन्त्री को बन्ने पहिले बिषय गौण भएको र गठबन्धनकै नेतृत्वमा सरकार गठन हुने जिकिर गर्नुभयो ।

गठबन्धनको बैठक आइतबार बिहान पुनः बस्ने र निष्कर्षमा पुगिने कांग्रेस नेता कार्कीले बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट