![Gathabandhan - Sutra news](https://www.sutranews.com/wp-content/uploads/2022/06/Gathabandhan-Sutra-news-1.jpg)
![देउवा–प्रचण्ड वान टु वान वार्ता, देउवालाई प्रधानमन्त्री नछाडे लगभग भत्कियो गठबन्धन](https://www.sutranews.com/wp-content/uploads/2022/06/Gathabandhan-Sutra-news-1.jpg)
काठमाडौं– सत्ता गठबन्धनको बैठकअघि कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा वान टु वान वार्ता जारी छ। को पहिला प्रधानमन्त्री बन्ने भन्ने विषयमा दुवै नेता ‘म पहिला’ भन्ने अडानमा छन्।
तर कांग्रेस नेता विमलेन्द्र निधिले आइतबार विहान प्रचण्डलाई दिएको सन्देशले लगभग गठबन्धन भत्किने भएको छ।
शनिबार साँझ दोस्रो ठूलो दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरी विहान खुमलटार पुगेका निधिले ‘राष्ट्रपति र प्रधानमन्त्री छाड्दैनौं, गठबन्धनबाट अलग नहुनुस्’ भनी प्रचण्डलाई सुझाव दिएका थिए।
देउवा यसै पनि प्रधानमन्त्रीका निर्विकल्प उम्मेदवार भएका कारण उनले पहिलो कार्यकाल छाड्ने कुनै आधार नै देखिँदैन।