कांग्रेसले बोलायो बालुवाटारमा सांसदहरूलाई-Sutra News

कांग्रेसले बोलायो बालुवाटारमा सांसदहरूलाई

आइतबार, १० पौस २०७९

आइतबार, १० पौस २०७९

काठमाडौं – राष्ट्रपतिले प्रधानमन्त्री पदमा दाबी गर्न दिएकाे समय सकिनै लाग्दा नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । 



सत्तारुढ गठबन्धनको सरकार निर्माण हुने भनिए पनि  कांग्रेसका सभापति शेरबहादुर देउवा कि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच को पहिलो प्रधानमन्त्री ? भन्ने बिषय टुंगिन नसकिरहेको बेला कांग्रेसले आफ्ना सांसदहरूलाई बालुवाटार बोलाएको हो । 

अपरान्ह १२:३० मा बस्ने कांग्रेस सांसदहरुको बैठकले प्रधानमन्त्री को पहिलो ? भन्नेमा राय दिने बुझिएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पद दाबी गर्न दिएकाे एक साताकाे समय आइतबार बेलुका ५ बजे सकिँदै छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट