प्रधानमन्त्री नपाए गठबन्धनबाट अलग हुने माओवादी केन्द्रको निर्णय, बालुवाटारमा माधव नेपालको प्रवेश-Sutra News

प्रधानमन्त्री नपाए गठबन्धनबाट अलग हुने माओवादी केन्द्रको निर्णय, बालुवाटारमा माधव नेपालको प्रवेश

आइतबार, १० पौस २०७९

आइतबार, १० पौस २०७९

काठमाडौं– नयाँ सरकारको नेतृत्व नपाए सत्ता गठबन्धनबाट अलग भई प्रतिपक्षमा बस्ने नेकपा माओवादी केन्द्रले निर्णय गरेको छ।



खुमलटारमा बसेको नेताहरूको आइतबारको बैठकले यस्तो निर्णय गरेको हो। तर, प्रधानमन्त्री पाएको खण्डमा गठबन्धनमा नै रहने विकल्पलाई खुला छाडिएको छ।

उता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भइरहेको वार्तामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रवेश भएको छ।

नयाँ सरकार नेतृत्वका विषयमा तीन नेताबीच छलफल भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट