द सनले पीआर स्टन्ट गरेको ह्यारी र मेघनका प्रवक्ताको आरोप-Sutra News

द सनले पीआर स्टन्ट गरेको ह्यारी र मेघनका प्रवक्ताको आरोप

आइतबार, १० पौस २०७९

आइतबार, १० पौस २०७९

एजेन्सी – प्रिन्स ह्यारी र श्रीमती मेघनले शनिबार द सनलाई पीआर स्टन्टको आरोप लगाएका छन् । सर्वाधिक विवादित एउटा लेखमा ह्यारी दम्पत्तिको आलोचनापछि उनलीहरुले पत्रिकाले स्टन्ट गरेको आरोप लगाएका हुन् । उक्त विषयलाई लिएर ब्रिटिश ट्याब्लोइडले क्षमा माग्नुका साथै  दम्पतीको बारेमा धेरै आलोचना गरिएको स्तम्भ प्रकाशित गरेकोमा खेद समेत व्यक्त गरेको थियो ।



गत हप्ता जर्मी क्लार्कसनले मेघनलाई ‘आधारभूत स्तरमा’ घृणा गरेको लेखेपछि प्रेस नियामकमा २० हजारभन्दा  बढी उजुरी परेका थिए । स्तम्भकारको विचार आफ्नै रहेको पनि पत्रिकाले माफी मागेको थियो । तर, कटु आलोचनामा मेघनका प्रवक्ताले पत्रिकाले मेघनसमक्ष सीधा माफी माग्न सम्पर्क नगरेको भन्दै आलोचना गरे ।

‘द सनले ससेक्सको डचेसलाई माफी माग्न सम्पर्क नगरेको तथ्यले उनीहरूको मनसाय देखाउँछ । यो पीआर स्टन्टभन्दा बढी केही होइन’,  प्रवक्ताले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट