![gathabandan-karyadal](https://www.sutranews.com/wp-content/uploads/2022/11/gathabandan-karyadal.jpg)
![टुट्यो सत्ता गठबन्धन, चाबी एमालेको हातमा](https://www.sutranews.com/wp-content/uploads/2022/11/gathabandan-karyadal.jpg)
काठमाडौं– ५ दलीय सत्ता गठबन्धन भत्किएको छ।
नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा अडान कायम राखेपछि गठबन्धनको औचित्य सकिएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाहिरिएका थिए।
कांग्रेस नेता रामचन्द्र पौडेलले गठबन्धन टुटेको पुष्टि गरेका छन्। उनले भनेका छन्,‘गठबन्धन टुट्यो। जोगाउन सकेनौं।’
गठबन्धन भत्किएसँगै राजनीतिमा नयाँ कोर्स दिने कि नदिने भन्ने विषयको चाबी एमालेको हातमा आएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच हुने वार्ताले सरकार कसको बन्छ भन्ने निधो हुनेछ।
माओवादी र एमालेका दोस्रो तहका नेताबीच छलफल चलिरहेका छन्।