![prachanda](https://www.sutranews.com/wp-content/uploads/2022/12/prachanda.jpg)
![प्रचण्ड, रवि लामिछाने र लिङ्देन ओली निवासमा, १५० सांसदको हिसाबकिताब यस्तो छ](https://www.sutranews.com/wp-content/uploads/2022/12/prachanda.jpg)
काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनपछि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि बालकोट लागेका छन्। यता गठबन्धन टुटेको घोषणा गरी बालकोट हिँडेका प्रचण्ड लगत्तै लिङ्देन र लामिछाने त्यहाँ पुगेका हुन्।
कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवैमा दाबी गरेपछि सत्ता गठबन्धन भत्किएको थियो।
एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपालगायतका साना दल मिलाएर सरकारमा दाबी पेस गर्न सक्ने सम्भावना पनि रहेको छ। एमालेले राष्ट्रपति पाए प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गर्न सकिने बताइरहेको थियो।
रास्वपाका २०, राप्रपाका १४, जनमतका ६ सहित माओवादीका ३२ र एमालेका ७८ सांसद छन्। यसको हुँदा १५० सांसदको बहुमत हुन्छ।
भिडियोमा पनि हेर्नुस्-