![prachanda](https://www.sutranews.com/wp-content/uploads/2022/12/prachanda.jpg)
![मध्यान्हपछि राजनीतिको इपिसेन्टर बालकोट, बालुवाटारमा सन्नाटा](https://www.sutranews.com/wp-content/uploads/2022/12/prachanda.jpg)
काठमाडौं– आइतबार बिहानसम्म राजनीतिको इपिसेन्टर रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा सन्नाटा छाउँदा एमाले अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोटमा नेताहरूको घुइँचो लागेको छ।
सत्ता गठबन्धनमा सहमति नभएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोटतिर लागेका थिए भने लगत्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि बालकोट पुगेका थिए।
केही समयमा जनमत पार्टीका अध्यक्ष सीके राउत पनि बालकोट पुग्ने बताइएको छ। कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीमा दाबी नछाडेपछि माओवादी अध्यक्ष प्रचण्ड बालकोटतिर लागेका थिए।
अहिले बालुवाटारमा सन्नाटा छाएको छ। छलफलमा रहेका नेकपा एकीकृत समाजवादीका नेताहरू पनि निस्किएका छन् भने कांग्रेसका रामचन्द्र पौडेललगायतका नेता निराश भएर निस्किएका छन्।