जसपाका सह–अध्यक्ष अशोक राई पनि पुगे बालकोट-Sutra News

जसपाका सह–अध्यक्ष अशोक राई पनि पुगे बालकोट

आइतबार, १० पौस २०७९

आइतबार, १० पौस २०७९

काठमाडौं– जनता समाजवादी पार्टीका सह–अध्यक्ष अशोक राई पनि बालकोट पुगेका छन्।



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनपछि राई बालकोट पुगेका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनीहरूको छलफल र वार्ता जारी छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको नाम ल्याउनका लागि दिएको समयसीमा आइतबार ५ बजेसम्मका लागि रहेको छ।

बालुवाटारमा सत्ता गठबन्धनमा सहमति हुन नसकेपछि ओलीनिवास बालकोटमा नयाँ समीकरणको तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट