गठनबन्धन टुट्यो भन्दै प्रचण्ड वालुवाटारबाट निस्किनुभयो : रामचन्द्र पौडेल-Sutra News

गठनबन्धन टुट्यो भन्दै प्रचण्ड वालुवाटारबाट निस्किनुभयो : रामचन्द्र पौडेल

आइतबार, १० पौस २०७९

आइतबार, १० पौस २०७९

काठमाडौं – कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन तोडेर हिँडेको बताएका छन् । आइतबार बालुवाटारमा सत्ता गठबन्धनको बैठकबाट प्रचण्डले गठबन्धन तोडेर निस्केकाे नेता पौडेलकाे भनाइ छ ।



पौडेलले भने, ‘प्रचण्ड गठबन्धन टुट्यो भन्दै निस्किनुभयो । गठबन्धन कायम राख्नुपर्थ्यो । अब हाम्रो हातमा केही बाँकी रहेन । सरकार हाम्रो हातबाट बाहिर गयो ।’

कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति आफै राख्ने भन्दै अडान लिएपछि प्रचण्ड रिसाएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट