सीके राउत पनि पुगे बालकोट, बलियो बन्दै ओली–प्रचण्ड नेतृत्वको नयाँ गठबन्धन-Sutra News

सीके राउत पनि पुगे बालकोट, बलियो बन्दै ओली–प्रचण्ड नेतृत्वको नयाँ गठबन्धन

आइतबार, १० पौस २०७९

आइतबार, १० पौस २०७९

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउत एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन्। जसले सरकार बनाउँछ उसलाई नै समर्थन गर्ने घोषणा गरेको जनमतले यहि नयाँ गठबन्धनमा स्थान बनाउने निश्चित जस्तै छ।



एमालेसहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा रहेको गठजोडमा जनमत पनि थपिने तय छ। बालकोटमा ओलीसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा सहअध्यक्ष अशोक राईको छलफल भइसकेको छ।

अब राउत पनि सरकार गठनमा समर्थन गर्नेगरी बालकोट पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट