काठमाडौं– नयाँ सरकारको प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बनाउने निर्णय भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको चार दलीय बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको हो।
उक्त निर्णयको खबर राष्ट्रपतिको कार्यालय शितल निवास पठाइएको छ। बालकोट बैठकमा एमाले, माओवादी, रास्वपा र जसपाको संयुक्त बैठक बसेको थियो भने राप्रपा र जनमत पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र सीके राउत पनि पुगेका थिए।
चारदलीय बैठकमा एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड, रास्वपा सभापति रवि लामिछाने र जसपा नेता अशोक राई सहभागी थिए।