![320796896_885801466106705_4680048808788681621_n](https://www.sutranews.com/wp-content/uploads/2022/12/320796896_885801466106705_4680048808788681621_n.jpg)
![१६६ सांसदको समर्थनसहित राष्ट्रपतिसमक्ष प्रचण्डले गरे प्रधानमन्त्रीमा दाबी पेश](https://www.sutranews.com/wp-content/uploads/2022/12/320796896_885801466106705_4680048808788681621_n.jpg)
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ प्रधानमन्त्रीका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दाबी पेस गरेका छन्।
आइतबार साँझ उनले ७ दलका १६६ सांसदको समर्थनसहित नयाँ प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन्। एमालेलगायतका नेतासहित शितल निवासमा प्रचण्डले दाबी पेस गरे।
उनलाई एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको छ। दिनभर एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सहमति बनेपछि प्रचण्ड प्रधानमन्त्री बन्ने पक्का भएको थियो।