चितवन – डिभिजन सडक कार्यालय चितवनले अतिक्रमण गरी बनाइएका घरटहरा धमाधम भत्काएको छ । शुक्रबारदेखि भरतपुर महानगरको पुल्चोक–गोन्द्राङ सडकको दायाबाया अतिक्रमित घरटहरा भत्काउन शुरु गरिएको थियो । आज तेस्रो दिन पनि भरतपुरमा डोजर चल्यो । तस्बिर – सुत्र टिभी
भरतपुरको मूख्य चोक चौविसकोठीमा रहेको ठुलो भवन पनि भत्काइएको छ । शनिवार पनि लाइन्स चोक, शहिदचोकदेखि पुलचोकसम्मका घर डोजर लगाएर भत्काइएको थियो । पुलचोक–गोन्द्राङ सडक खण्डलाई ६ लेनमा विस्तार गर्ने क्रममा सडक डिभिजनले भरतपुरका अवैध संरचनामा डोजर चलाएको हो ।
कार्यालयले दुई पटकसम्म सूचना जारी गर्दासमेत घरधनीले अटेर गरेपछि भत्काइएको सडक डिभिजन कार्यालयका प्रमुख रमेश पौडेल बताउँछन् । सडक ५० मिटर फराकिलो हुने भएकाले त्यसभित्र परेका संरचना भत्काइएको उनले बताएका छन् । यसअघि ३५ र १५ दिनको समय दिएर सूचना जारी गर्दा अटेर गरेकाले भत्काउन शुरु गरेको पौडेलले बताएका छन् ।