![Bishnu-Paudel](https://www.sutranews.com/wp-content/uploads/2022/08/Bishnu-Paudel.jpg)
![अर्थमन्त्रीमा विष्णु पौडेलको नाम अगाडी](https://www.sutranews.com/wp-content/uploads/2022/08/Bishnu-Paudel.jpg)
काठमाडौँ । एमालेले समर्थन गरेपछि प्रधानमन्त्रीमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रधानमन्त्रीमा नियुक्त भए ।
प्रचण्ड नेतृत्वको सरकारमा अब अर्थमन्त्री कसले पाउला भन्ने विषयमा खुलदुली बढेको छ ।
अर्थमन्त्रीमा एमालेका विष्णु पौडेलको नाम अगाडी आएको छ । त्यस्तै माओवादीका नेता वर्षमान पुन पनि अगाडी नै छन् । यद्दापी विष्णु पौडेल बन्ने संभावना रहेको उनीनिकट नेताहरु बताउँछन् ।
उनीहरु दुवै नेपालको अर्थमन्त्री बनिसकेका छन् ।
नेपाली काँग्रेसको सरकार बनेको भए सायद विनोद चौधरीको नाम अगाडी थियो । त्यस्तै ज्ञानेन्द्रबहादुर कार्की प्रकाशसरण महतहरु पनि चर्चाकै पात्र थिए ।