प्रचण्डमाथि नैतिक प्रश्न-Sutra News

प्रचण्डमाथि नैतिक प्रश्न

आइतबार, १० पौस २०७९

आइतबार, १० पौस २०७९

तत्कालीन प्रधानमन्त्री  केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकाएक रुष्ट बनेका थिए । उनले ओलीसंग भविष्यमा कहिल्यै पनि सहकार्य नहुने भन्दै प्रतिगमनको संज्ञा दिएका थिए ।



हालका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई संगै हिंडाएर उनी ओलीविरुद्ध राम्रैसंग खनिएका थिए । त्यसपछि एकाएक नेपाली काँग्रेससँग मिल्न थाले । देउवालाई प्रधानमन्त्री बनाउन सबै सांसदहरुले हस्ताक्षर गरे । देश काँग्रेसको नेतृत्वमा चल्यो । माओवादीले मालदार मन्त्रालय पायो ।

राजनीतिमा जे पनि चल्छ जे पनि हुन्छ । तेस्रो शक्ति बनेर पदको बार्गेनिङ गर्ने भनेर ढुक्कले बसेको माओवादी आज आफ्नो शक्तिमा मुलुकलाई डोर्याउने अवसर पायो ।

प्रत्यक्षमा जम्मा १८ सिट जितेको माओवादीले प्रधानमन्त्री पाउला भनेर कल्पना गरेको पनि थिएन । नेपाली काँग्रेसले आफूलाई प्रधानमन्त्री दिने भन्ने कुराको प्रचण्डले पटकपटक झुटो दाबी गरेका थिए ।

प्रचण्डले नेकपा एमाले र नेकपा एसलाइ देखाउँदै देउवासँग पटकपटक प्रधानमन्त्रीको लागि बार्गेनिङ  गरिरहेकै थिए । पटकपटक प्रचण्डको भाषणमा गठबन्धन देशको मुख्य आवश्यकता हो भन्दै भाषण गर्ने प्रचण्ड प्रधानमन्त्री पद पाए जे पनि गर्न सक्छन भन्ने कुराको प्रमाणित भएको छ ।

प्रधानमन्त्री पदकै लागि काँग्रेससँग मिल्ने तर कुरा नमिले आँफैले प्रतिगमनकारीको संज्ञा दिंदै आएको एमालेको समर्थनमा प्रधानमन्त्री बन्नुले प्रचण्डमाथि नैतिक प्रश्नहरु उठेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट