देउवाले १५ वर्ष टिक्छ भनेको १५ दिन नहुँदै ‘कोल्याप्स’ भयो गठबन्धन-Sutra News

देउवाले १५ वर्ष टिक्छ भनेको १५ दिन नहुँदै ‘कोल्याप्स’ भयो गठबन्धन

आइतबार, १० पौस २०७९

आइतबार, १० पौस २०७९

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भन्ने गर्थे, ‘माओवादी केन्द्रसँगको गठबन्धन १५ वर्ष कायम   रहन्छ ।‘ लोकतन्त्र बचाउनका लागि आफूहरु मिलेको दाबी पटकपटक गर्दै आएका देउवा-प्रचण्डको जोडी प्रधानमन्त्री पदका कारण फुटेको छ ।



‘ओलीजीले दुई पटक संसद् विघटन गर्नुभयो । संविधानको अङ्ग भङ्ग गर्ने काम गर्नुभयो, हामी संसद्को पूर्ण कार्यकाल राख्न चाहन्छौँ’उनले भने, ‘माननीयहरूले आलोचना गर्ने बित्तिकै ओलीको जसरी संसद् विघटन गर्दैनौँ ।’ देउवाले भन्ने गर्थे ।

देउवाले गठबन्धन १५ वर्षसम्म चल्छ भनेको १५ दिन नबित्दै गठबन्धन भत्कियो ।

देउवा र प्रचण्डमा को पहिला प्रधानमन्त्री बन्ने भन्ने कुरा नमिल्दा प्रचण्ड एमालेसँग मिल्न गए भने देउवाले  पार्टीलाई सबैभन्दा ठुलो बनाएर पनि सत्ता हातमा ल्याउन सकेनन् ।

आइतबार प्रचण्डले दोस्रो ठूलो दल नेकपा एमालेसहित सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गरेका थिए ।

उनी नेपालको ४४ औं तथा तेस्रोपटक प्रधानमन्त्री हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट