प्रधानमन्त्रीको शपथ आजै, मन्त्रीमण्डल पनि बिस्तार हुने-Sutra News

प्रधानमन्त्रीको शपथ आजै, मन्त्रीमण्डल पनि बिस्तार हुने

सोमबार, ११ पौस २०७९

सोमबार, ११ पौस २०७९

काठमाडौँ । ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज शपथ लिने भएका छन् ।



राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सोमबार दिउँसो ४ बजे प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण गराउने भएकी छन् ।

प्रधानमन्त्रीसहित केही मन्त्रीहरुको पनि शपथ आजै हुनेछ ।

प्रचण्डले राष्ट्रपति समक्ष नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका गरि १७० सांसदहरुको समर्थनमा बहुमतको प्रधानमन्त्री दावी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट