नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी चयन भएका छन्।
नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको आईतबार बसेको बैठकले अधिकारीलाई संसदीय दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको हो। उनी पूर्व गृहमन्त्रीका साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रीपनि हुन्।
यसैबीच, एमाले गण्डकीले गण्डकी प्रदेश सरकार बनाउन पहलकदमी लिने भएको छ। एमाले, माओवादीलगायतको गठबन्धन बनेर संघमा प्रचण्ड नेतृत्वमा सरकार बन्ने सहमति भएपछि प्रदेशमा आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने सहमति भएको हो ।