काठमाडौँ । सात दलीय गठबन्धनको बैठक आज बस्ने भएको छ । बैठक सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ बजे बस्नेृ बताइएको छ । बैठकमा नयाँ सत्ता समीकरणसँगै विकसित राजनीतिक घटनाक्रमका बिषयमा छलफल हुनेछ ।
७ दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि पहिलो पटक बैठक बस्न लागेको हो । प्रचण्डले आज शपथ लिने छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई दिउँसो ४ बजे प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण गराउने भएकी छन् ।प्रधानमन्त्रीसहित केही मन्त्रीहरुको पनि शपथ आजै हुनेछ ।
प्रचण्डले राष्ट्रपति समक्ष नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका गरि १७० सांसदहरुको समर्थनमा बहुमतको प्रधानमन्त्री दावी गरेका थिए ।