![Narayan Kaji Shrestha](https://www.sutranews.com/wp-content/uploads/2022/02/Narayan-Kaji-Shrestha.jpg)
![उपप्रधान तथा परराष्ट्रमन्त्री बन्दै नारायणकाजी श्रेष्ठ](https://www.sutranews.com/wp-content/uploads/2022/02/Narayan-Kaji-Shrestha.jpg)
काठमाडौँ । ७ दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका छन् । आइतबार नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका गरि १७० सांसदहरुको समर्थनमा प्रचण्डले बहुमतको प्रधानमन्त्री दावी गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
प्रचण्डले आज शपथ दिने कार्यक्रम रहेको छ । आज प्रधानमन्त्रीसहित केही मन्त्रीहरुको पनि शपथ हुनेछ । यसैबीच माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने चर्चा पनि चलेको छ ।
सोृमबार बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधान तथा पराराष्ट्रमन्त्री बनाउने निर्णय गरेको हो ।गठबन्धनमा मन्त्रालयको भागवण्डा सात दलको गठबन्धनको बैठकले गर्नेछ ।