सात दलीय गठबन्धनको बैठक जारी, ओलीदेखि रवीसम्म सहभागी, भागबण्डाबारे छलफल-Sutra News

सात दलीय गठबन्धनको बैठक जारी, ओलीदेखि रवीसम्म सहभागी, भागबण्डाबारे छलफल

सोमबार, ११ पौस २०७९

सोमबार, ११ पौस २०७९

काठमाडौँ । सात दलीय गठबन्धनको बैठक सङ्घीय संसद् भवन बानेश्वरमा अहिले जारी छ । बैठकमा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईलगायत सहभागी भएका छन् ।



७ दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि यो पहिलो बैठक हो । बैठकमा नयाँ सत्ता समीकरणसँगै विकसित राजनीतिक घटनाक्रमका बिषयमा छलफल भइरहेको छ । प्रचण्डले आज शपथ लिने छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई दिउँसो ४ बजे प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण गराउने भएकी छन् । शपथसँगै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट