देउवासँग आक्रोशित भए गगन थापा – ‘उहाँको फोन कुरिरहे सल्लाह नै नगर्दा अपमानित महसुस गरेको छु’-Sutra News

देउवासँग आक्रोशित भए गगन थापा – ‘उहाँको फोन कुरिरहे सल्लाह नै नगर्दा अपमानित महसुस गरेको छु’

सोमबार, ११ पौस २०७९

सोमबार, ११ पौस २०७९

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको परिस्थिति सर्पवाला लुडोझैँ भएको बताएका छन् । सोमबार पोखरामा आयोजित नेपाल साहित्य सम्मेलनमा नेता थापाले यस्तो बताएका हुन् ।



सरकारका सवालमा सभापति शेरबहादुर देउवाले पार्टीभित्र छलफल नगर्दा आफू अपमानित महसुस गरेको उनले बताए । म पार्टीको निर्वाचित महामन्त्री हुँ । सांसद पनि हुँ । ‘सभापतिले पार्टीभित्र छलफल गरेर गठबन्धनमा जवाफ दिन्छु भन्नुभएको थयो । तर उहाँको फोन कुरेर म बसिरहेँ ।’ उनले भने – ”उहाँले सल्लाह नगरेपछि अपमानित महसुस गरेर पोखरा आएँ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट