![Baburam-Bhattarai](https://www.sutranews.com/wp-content/uploads/2022/05/Baburam-Bhattarai.jpg)
![बाबुराम भट्टराईले भने – मन्त्रालयको भागबन्डाबारे अझै सहमति जुट्न सकेको छैन](https://www.sutranews.com/wp-content/uploads/2022/05/Baburam-Bhattarai.jpg)
काठमाडौं – सत्ता गठबन्धनभित्र मन्त्रालयको भागबन्डाबारे अझै सहमति जुट्न सकेको छैन । सोमबार अपरान्ह ४ बजे नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
यसअघि मन्त्रालय बागबन्डा गर्न गठबन्धन आवद्ध दलको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संसद भवनमा जारी बैठकमा मन्त्रालय भागबन्डा गर्ने विषयमा सहमति भइसकेको छैन ।
मन्त्रालय भागबन्डा गर्ने विषयमा कुरा भइरहेको छ । सहमति जुटिसकेको छ्रैन । शपथ लिन जानुअघि सहमति हुन्छ,’ बैठकबाट बाहिरिएका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भने । सत्तारुढ दल राप्रपामा सरकारमा नजाने भएको छ ।