ताइवान वरपर ७१ वटा लडाकु विमान तैनाथ-Sutra News

ताइवान वरपर ७१ वटा लडाकु विमान तैनाथ

सोमबार, ११ पौस २०७९

सोमबार, ११ पौस २०७९

एजेन्सी  – चीनले ताइवान वरपर सप्ताहन्तको सैन्य अभ्यासमा ७१ वटा लडाकु विमानहरू तैनाथ गरेको ताइपेईको रक्षा मन्त्रालयले सोमबार जनाएको छ । दर्जनौं लडाकु विमान संलग्न भएको उक्त अभ्यासलाई अहिले सम्मकै ठूलो सैन्य तैनाथ बताइएको छ ।



चीनको पिपुल्स लिबरेसन आर्मीले संयुक्त राज्य अमेरिका र स्वशासित टापु बीचको अनिर्दिष्ट ‘उत्तेजना’ र ‘षडयन्त्र’को  को जवाफमा आइतबार ‘आक्रमण अभ्यास’ गरेको जनाएको छ ।

ती अभ्यासहरू सबैभन्दा ठूलो मध्ये एक भएको ताइवानको रक्षा मन्त्रालयको तथ्यांकले देखाएको छ । ताइवानले ट्वीटरमा गरेको पोष्टमा ६० वटा लडाकु विमानहरूले अभ्यासमा भाग लिएका छन्, जसमा ६ वटा चीनका अत्याधुनिक एसयु–३० लडाकु विमानहरू छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट