बर्षमान पुन बिरामी भएपछि सत्ता राजनीतिमा यसरी देखियो नयाँ चमत्कार-Sutra News

बर्षमान पुन बिरामी भएपछि सत्ता राजनीतिमा यसरी देखियो नयाँ चमत्कार

सोमबार, ११ पौस २०७९

सोमबार, ११ पौस २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बन्नुको नेपथ्यमा उपमहासचिव बर्षमान पुनको भूमिकाले काम गरेको बताइन्छ।



यता नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला पुनः निर्वाचनलगत्तै उपचारका लागि चीन पुगेका थिए। लामो समयसम्म चीनमा बसेका उनी नयाँ सरकार गठनको पूर्वसन्ध्यामा नेपाल फर्किएका थिए।

उनी चीनदेखि नै निरन्तर प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्पर्कमा थिए। नयाँ गठबन्धन बन्न सक्ने अवस्था र वातावरण बनिरहेका कारण प्रचण्ड र ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ग्रिपमा राखिरहेका थिए। कांग्रेसले कुनै मतलब नै नदिएका संसदका निर्णायक शक्तिमाथि प्रचण्ड र ओलीको निरन्तरको संवादको परिणाम आइतबार मात्र देखियो।

त्यसो त आन्तरिक शक्ति सन्तुलनबाट मात्र यो सरकार नबनेको भन्ने विषयलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताइसकेका छन्। सोमबार मात्र सार्वजनिक भएको उनको एउटा अन्तरवार्तामा विदेशी शक्तिको प्रभावका विषयमा पनि उल्लेख गरिएको छ।

उनको भनाईबाट देउवालाई प्रधानमन्त्री बनाउनका लागि दक्षिण र बामपन्थी जुट गराउनका लागि उत्तरको भूमिका परोक्ष रुपमा रहेको भन्ने संकेत गर्दछ।

यति मात्र होइन, प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने बैठकअघि ओलीले पुनलाई भनेका थिए,‘तपाई निको भएर आएपछि सबै कुरा मिलिहाल्यो नि!’ यसको गहिरो अर्थ छ।

भिडिओ रिपोर्ट

 

सम्बद्ध समाचार सुत्रहरूले पुनसँग चिनियाँ उच्च अधिकारीको भेट भएको थियो। उसको आग्रहका आधारमा नै बामपन्थी गठबन्धन तय भएको बताइन्छ। जसलाई भारतीय मिडियाहरूले पनि जोडतोडका साथ प्रचार गरिरहेका छन्।

प्रचारमात्र गरेका छैनन् उनीहरूले सिधासिधि यो सरकार चीन समर्थित भनिरहेका छन्। भारतीय सूचना संयन्त्रले भारतीय पक्षको केही संकेत नपाई यसरी नेपालको प्रधानमन्त्रीलाई महत्व दिए होला त?

अर्कातिर नेपालमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनासाथ सबैभन्दा पहिला चिनियाँ पक्षको नै बधाई आएको थियो। छिमेकीका हिसाबले मात्र नभई केही न केही प्रभावका आधारमा पनि बधाई आएको हुनसक्ने शंकाको सुविधा मिलिसकेको छ।

यति मात्र होइन यता प्रचण्ड प्रधानमन्त्री बन्नासाथ नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव दिल्ली जानुलाई पनि अर्थपूर्ण रुपमा व्याख्या गरिएको छ। उनी आइतबारै नेपालमा विकसित राजनीतिक घटनाक्रमको ब्रिफिङ गर्न नयाँ दिल्ली प्रस्थान गरेका हुन्।

त्यसो त नेपालमा कुटनीतिज्ञको राजनीतिक भेटका विषयमा समाचार आएको भन्दै नेपालस्थित चिनियाँ दूतावासले विज्ञप्ति निकालेर नै खण्डन गर्नुमा केही कनेक्शन रहेको भन्ने स्पष्ट नै हुन्छ। अन्यथा, चिनियाँ कुटनीतिक नियोगले यसरी साधारण समाचारको प्रतिवाद गर्ने थिएन।

नेपालको नयाँ सरकारमा छिमेकी देशका कसले कति चासो र चियो चर्चो गरेका छन् त्यो एकातिर छ तर प्रचण्ड, आफ्नो सरकारलाई प्रचण्ड बहुमतसहितको समर्थनको अभ्यासमा जुटिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट