![newskarkahna-news431980.](https://www.sutranews.com/wp-content/uploads/2022/12/newskarkahna-news431980..jpg)
![निजी निवासमा मन्त्रीहरुलाई बोलाएर ओलीले पढाए सुशासनको पाठ](https://www.sutranews.com/wp-content/uploads/2022/12/newskarkahna-news431980..jpg)
काठमाडौं, १२ पुस । काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले जनहितमा काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।
मंगलबार बिहान निजी निवास बालकोटमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बोलाएर ओलीले सुशासन, समृद्धि र राष्ट्रहितमा काम गर्न निर्देशन दिएको सचिवालयले जनाएको छ ।
एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा बिना विभागीय मन्त्रीहरु दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्रकुमार राई बालकोट पुगेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा एमालेबाट चार मन्त्री सहभागी छन् ।