![dinmani-pokhrel](https://www.sutranews.com/wp-content/uploads/2022/12/dinmani-pokhrel.webp)
![महान्यायाधिवक्तामा दिनमणि पोखरेल नियुक्त](https://www.sutranews.com/wp-content/uploads/2022/12/dinmani-pokhrel.webp)
सरकारको कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ता पदमा दिनमणि पोखरेल नियुक्त भएका छन् । साेमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ ग्रहणसँगै आवश्यक राजनीतिक नियुक्तिको प्रक्रिया सुरु गरेका छन् ।
नवनियुक्त महान्यायाधिवक्ता पोखरेलले आजै शपथ लिने बताइएको छ । सर्वोच्च अदालतको न्यायाधीशको दाबेदार रहेका पोखरेल लामो समयदेखि माओवादी केन्द्र निकट छन् । यसअघिका महान्यायाधिवक्ता खम्बबहादुर खातीले साेमबार पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री प्रचण्डले पाेखरेललाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन् ।
महान्यायाधिवक्तामा रामनारायण बिडारी, तुलसी भट्ट, रमणकुमार श्रेष्ठकाे नाम चर्चामा थियाे ।