![deuba](https://www.sutranews.com/wp-content/uploads/2022/11/deuba.png)
![कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक](https://www.sutranews.com/wp-content/uploads/2022/11/deuba.png)
काठमाडौं, १२ पुस । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।आउँदो शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को समीक्षा, समसामयिक राजनीतिकसहितका विषयमा छलफल हुनेछ ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको छ ।