![samsadd](https://www.sutranews.com/wp-content/uploads/2022/06/samsadd.png)
![संसद अधिवेशन आह्वान गर्न सरकारको सिफारिस, पत्र पठाइँदै](https://www.sutranews.com/wp-content/uploads/2022/06/samsadd.png)
काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने तयारी गरेको छ ।
‘सरकारबाट संसद अधिवेशन आह्वान गर्न पत्र आउँदैछ भन्ने जानकारी आएको छ,’ राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
पत्र आउनेबारे जानकारी आएको र आएपछि राष्ट्रपति कार्यालय निर्णय गर्ने उनले बताए ।२५ पुसमा बस्ने गरी संसद अधिवेशन आह्वान गर्न सरकारले सिफारिस गर्न लागेको हो ।