काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै हुने बताएका छन् ।
एक भारतीय न्युज च्यानलसँग कुरा गर्दै प्रचण्डले आफ्नो पहिलो भ्रमण भारतबाट नै सुरु हुने बताएका हुन् ।
‘हिजोमात्र भारतीय विदेश सचिवसँग कुराकानी भएको छ । मलाई लाग्छ मेरो पहिलो विदेश भ्रमण भारतबाटै हुनेछ ।‘ उनले भनेका छन् ।
नेकपा एमालेको समर्थनमा प्रचण्ड पुष १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
तर उनले एमाले नै सिध्याउन काँग्रेससँग गठबन्धन गरेका थिए ।