सुरक्षाकर्मी फिर्ता:  गृहमन्त्री लामिछानेको निर्देशनपछि प्रहरीले भन्यो- फिर्ता गर्न मिल्दैन-Sutra News

सुरक्षाकर्मी फिर्ता:  गृहमन्त्री लामिछानेको निर्देशनपछि प्रहरीले भन्यो- फिर्ता गर्न मिल्दैन

बुधबार, १३ पौस २०७९

बुधबार, १३ पौस २०७९

नयाँ गृहमन्त्री पाएसँगै गृह मन्त्रालयले कार्यविधिविपरीत विभिन्न व्याक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घाटाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।



उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालय संहालेको दोस्रो दिन गृहसचिव र कर्मचारीलाई बोलाएर कार्यविधिविपरीत विभिन्न व्याक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन दिएका हुन् ।

मन्त्रीको निर्देशन बमोजिम गृह मन्त्रालयका प्रवक्ता एवं सुरक्षा महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेलले सूचना जारी गरेका छन् ।

विशिष्ट व्याक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ अनुसार बहालबाला तथा पूर्व पदाधिकारीमध्ये निश्चितलाई मात्रै सेन, प्रहरी र सशस्त्रका अंगरक्षक, सवारी तथा इन्धनको सुविधा तोकिएको छ ।

मन्त्रालयले सत्ता र शक्ति वा पहुँचका आधारमा कार्यविधि मिचेर यस्तो सुविधा दुरुपयोग गर्नेको सुरक्षाकर्मी फिर्ता गर्ने भनेको हो । तर कार्यविधि अनुसार नै पूर्व पदाधिकारीको सुरक्षामा प्रहरी खटाइएकोले उनीहरुलाई फिर्ता ल्याउन नमिल्ने प्रहरी प्रधान कार्यालयले बताएको छ ।

यो खबर आजको नागरिक दैनिकमा छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट