![gandaki pradesh](https://www.sutranews.com/wp-content/uploads/2022/06/gandaki-pradesh.jpg)
![गण्डकी प्रदेशसभाका ज्येष्ठ बस्यालले आज शपथ लिँदै](https://www.sutranews.com/wp-content/uploads/2022/06/gandaki-pradesh.jpg)
पोखरा – गण्डकी प्रदेशसभाका ज्येष्ठ सांसद मित्रलाल बस्यालले आज शपथ लिँदै छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई सपथ गराउने कार्यक्रम तय भएको छ । संविधान अनुसार प्रदेश प्रमुखले जेष्ठ सांसदलाई सपथ गराउने र उनै जेष्ठ सांसदले अरु सांसदलाई शपथ गराउने व्यवस्था छ ।
बस्याल ६५ वर्षका भए । ६५ वर्षकै अर्का सांसद विन्दुकुमार थापा बस्याल भन्दा २ दिनले कान्छा छन् । प्रदेश प्रमुखको निवासमा बस्याललाई सपथ गराउने तयारी भएको प्रेस संयोजक माधव रेग्मीले बताए ।
यहाँका अन्य ५९ सांसदलाई विहिबार संसद भवनमा सपथ गराइने छ । संसद सचिवालयले सांसदलहरुलाई मातृभाषामा पनि शपथको तयारी गरेको छ ।