एक लाख भन्दा कम हुन सकेन सुनको मूल्य, फेरि ह्वात्तै बढ्यो-Sutra News

एक लाख भन्दा कम हुन सकेन सुनको मूल्य, फेरि ह्वात्तै बढ्यो

बुधबार, १३ पौस २०७९

बुधबार, १३ पौस २०७९

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख १ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि, मंगलबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ७ सय रुपैयाँ कायम भएको थियो ।



यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ६०० रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन तेजावी सुनको भाउ तोलाको १ लाख २०० रुपैयाँ निर्धारण भएको थियो । त्यसैगरी,  बुधबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट