खुमलटारको कौसीमा प्रधानमन्त्री प्रचण्डले गरे ओलीलाई सुन्तलासहित स्वागत, मन्त्रालय बाँडफाँडका बिषयमा छलफल-Sutra News

खुमलटारको कौसीमा प्रधानमन्त्री प्रचण्डले गरे ओलीलाई सुन्तलासहित स्वागत, मन्त्रालय बाँडफाँडका बिषयमा छलफल

बुधबार, १३ पौस २०७९

बुधबार, १३ पौस २०७९

काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार एमाले अध्यक्ष ओली माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई भेट गर्न खुमलटार पुगेका छन् । खुमलटारको बरण्डामा ओलीलाई प्रचण्डले सुन्तलासहित स्वागत गरे ।



प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् विस्तारसहित राजनीतिक, समसामयिकलगायतका विषयमा छलफल भएको जनाइएको छ । ‘खुमलटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आज भेटवार्ता भएको हो,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

उक्त भेटमा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने विषयमा पनि छलफल भएको छ । प्रचण्ड एमाले अध्यक्ष ओलीसहितको समर्थनमा प्रधानमन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट