काठमाडौँ । मधेश प्रदेशमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका जवाहरलाल कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
सर्लाहीको प्रदेशसभा ३ (क) बाट स्वतन्त्र निर्वाचित उनी बुधबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निजी निवास खुमलटारमा पार्टी प्रवेश गराएका हुन् । योसंगै मधेश प्रदेशमा माओवादीको सांसद संख्या ९ पुगेको छ ।