काठमाडौं – लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले २०२२ को विश्वकपको उपाधि जितिसकेको छ। फाइनलमा अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गरेको थियो । जितपछि मेस्सीका फ्यानहरु पनि निकै खुशी भए ।
६८ वर्षपछि आफ्नो देशले विश्वकप जितेपछि अर्जेन्टिनामा ठुलो उत्सव पनि मनाइयो । यसैबीच मेस्सीका धेरै तस्बिर सामाजिक सञ्जालमा भाइरल बने । मेस्सीका हरेक लुक्स उनका फ्यानहरुले सामाजिक सञ्जालमा शेयर गरे ।
अझै पनि धेरैको फेसबुक प्रोफाइलमा मेस्सीको तस्बिर देखिन्छ । विश्वकप जितेको एक दिनपछि मेस्सीको एक तस्बिरले निकै चर्चा पायो । मेस्सीले विश्वकपको ट्रफीसँगै आफू सुतेको तस्बिर शेयर गरेका थिए । जुन तस्बिर धेरैलेरुचाए र समाचार पनि बने ।
उनले गुड मर्निंग लेख्दै ३ तस्बिर शेयर गरेका थिए । तस्बिरमा ट्रफी काखमा लिएर मेस्सी सुतेका छन् । अहिले उही मेस्सी सुतेको कोठालाई सङ्ग्रहालय बनाइने भएको छ । मस्सीको टोली बसेको कोठा सङ्ग्रहालय बनाउने घोषणा कतार विश्वविद्यालयले गरेको छ । उक्त सङ्ग्रहालय आगन्तुकहरूको लागि मात्र खोलिने बताइएको छ ।