![madhav 1](https://www.sutranews.com/wp-content/uploads/2022/12/madhav-1.jpg)
![माधव नेपालले राष्ट्रपति बन्न मानेनन् भने के होला?](https://www.sutranews.com/wp-content/uploads/2022/12/madhav-1.jpg)
काठमाडौं– सत्ता समीकरणमा नै नयाँ ट्वीस्ट आएपछि त्यस परिदृश्यलाई नियाँलिरहेको नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरिसकेको छ। तर उसको भूमिका गठबन्धनमा मात्र हुने कि फेरि एमालेसँग एकीकरण भन्ने चर्चा पनि छ।
कतिपयले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउँदै एमालेसँग एकीकरण गर्ने चर्चा सतहमा आएका छन्। तर अध्यक्ष नेपाल राष्ट्रपति बन्न मानेनन् भने एमालेसँग एकता होला? यो अहम् प्रश्नमाथि घोत्लिन आवश्यक छ।
अध्यक्ष नेपाल राष्ट्रपति बन्न मानेमा एमाले अध्यक्ष केपी शर्मा ओली एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई बरिष्ठ नेता बनाएर एकीकरणका लागि तयार रहने चर्चा पनि छन्। यसो हुँदा माधव नेपालको भूमिका पार्टीमा नहुने र विवादको कसी पनि बाँकी नहरने ओलीको बुझाई छ।
यहि पृष्ठभूमीमा एकताका निम्ति भन्दै महेश बस्नेतलगायतका नेता अहिले अध्यक्ष नेपालसँग वार्ता गरिरहेका छन्। सकारात्मक सन्देश दिने तयारी भए पनि अध्यक्ष नेपालले राष्ट्रपति बन्न मानेनन् भने एकीककरण टर्न सक्ने स्पष्ट छ।
भिडिओ रिपोर्ट
ओली माधवकुमार नेपाललाई पार्टीमा ल्याएर फेरि आफ्नो बर्चश्व गुमाउने पक्षमा छैनन्। नेता नेपाल आउनासाथ एकछत्र एमालेमा शासन गरिरहेका ओलीको पार्टी सत्तामा पहिरो जाने सम्भावना पनि रहेको छ। किनभने अध्यक्ष नेपाल यसअघि एमालेमा रहँदा एउटा खेमाको बलियो नेतृत्वका रुपमा स्थापित थिए।
ओलीका नजिक मानिएकाहरू सूर्य थापालगायतले एकता गर्दा माधव नेपाललाई एमालेभित्र नरहनेगरी नै सहमति गर्नुपर्ने सुझाव दिँदै आएका छन्। यसको अर्थ कुनै पनि हालतमा उनलाई राष्ट्रपति पदका निम्ति सहमत गराउनुपर्ने हुन्छ।
अर्कातिर अहिलेको सरकारमा बामपन्थीको मोर्चा मात्र पनि बन्न सक्ने बताइन्छ। एकीकरणका निम्ति ओली तत्कालै तयार हुनेमा आशंका रहेको पनि उच्च स्रोतको दाबी छ। सार्वजनिक कार्यक्रममा थापाले भनेका छन्,‘एकीकरण हुनेछैन, त्यो हुन दिनौं। हामीले पहिला नै त्यो भोगीसकेका छौं।’
सम्भवतः एकीकरण समाजवादीसँग मात्र हुने सम्भावना रहेको र त्यसमा पनि माधवकुमार नेपालको निर्णयले त्यसलाई सम्भव बनाउन सक्ने ओलीनिकट नेताहरू बताउँछन्। ओली एमाले नेताका रुपमा माधव नेपाललाई स्वीकार गरेर बस्न सक्ने अवस्था छ या छैन त्यो हेर्न बाँकी छ।
तर प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहणका बेलादेखि दुवैबीचको टुटेको संवादचाहिँ सुरु भइसकेको छ। मोर्चाबन्दी र सत्ता सहकार्यमा भने दुवैलाई मिलाउने जिम्मा प्रचण्डले लिएका थिए।