एमाले छाडेका प्रभुले खोले नयाँ पार्टी-Sutra News

एमाले छाडेका प्रभुले खोले नयाँ पार्टी

बिहिबार, १४ पौस २०७९

बिहिबार, १४ पौस २०७९

एमालेबाट विद्रोह गरेर स्वतन्त्र रुपमा सांसदसमेत जितेका प्रभु साहले नयाँ पार्टी गठन गरेका छन् ।



काठमाडौँमा बसेको भेलाले साहको अध्यक्षतामा आम जनमत पार्टी घोषणा गरेको हो ।

भेलाले ५१ सदस्यीय तदर्थ समितिसमेत गठन गरेको सो पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पार्टीको प्रदेश अध्यक्ष, सचिव र इञ्चार्जको जिम्मेवारीसमेत तोकिएको छ ।

नेकपा (एमाले) परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिनुभएका साह गत मङ्सिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र ३ बाट निर्वाचित हुनुभएको थियो ।

आम जनताको चाहना र वर्तमान समयको आवश्यकतालाई आत्मसात गर्दै देशलाई अग्रगमनको दिशामा अगाडि बढाउन नयाँ पार्टी गठन गरिएको अध्यक्ष साहले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट