माधव नेपाल नेतृत्वको नेकपा एस प्रवेश गर्ने रावल-भुसालको तयारी-Sutra News

माधव नेपाल नेतृत्वको नेकपा एस प्रवेश गर्ने रावल-भुसालको तयारी

बिहिबार, १४ पौस २०७९

बिहिबार, १४ पौस २०७९

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मालाई बेलाबेलामा टक्कर दिन खोज्ने एमालेका दुई नेता थिए, घनश्याम भुसाल र भिम रावल ।



ओलीको प्राथमिकतामा नपरेका यी दुवैले गएको प्रतिनिधिसभा निर्वाचनमा टिकट पाएनन् । भुसालले सांसद बन्न एमाले त्यागेको घोषणा गर्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए तर एमालेकै उम्मेदवारले उनलाई पल्टाइदिए । नेता रावलले भने पार्टी छाडेका छैनन् । बडो दुखका साथ अहिलेसम्म एमालेमा नै छन् ।

नेता रावल र भुसाल माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा जाने चर्चा चल्न थालेको छ ।

एमालेमा हुँदा उनीहरु दस भाईमा गनिएका थिए । ओलीसँग खासै सम्बन्ध नराखेका उनीहरु पहिला नै नेकपा एसमा त गएनन् तर मनमा चिसो चाँही पसेको थियो ।

बिहीबारको जूम बैठकमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले उनीहरु आफ्नो पार्टीमा आउन चाहेको खुलाएका थिए । नेता नेपालका अनुसार उनीहरु आफ्नो पार्टीमा आउन सकारात्मक भएको र भोलि सल्लाह छलफल हुनेछ ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने– ‘घनश्यामजीसँग कुरा भइरहेको छ । उहाँ हामीसँग रहन सकारात्मक हुनुहुन्छ । भीम रावलजीसँग पनि कुरा भइरहेको छ । तर, त्यति अगाडि बढ्न सकेको छैन । तर, उहाँहरु दुवै सकारात्मक हुनुहन्छ ।’

एमाले छाडिसकेका भुसाल नेकपा एसमा जाने सम्भावना उच्च छ तर पार्टी छाड्दिन भनिसकेका रावल भने के गर्छन् त्यो हेर्न बाँकी छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट