काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेनले थापाथलीस्थित बागमती नदी किनारमा रहेको अव्यवस्थित र अनधिकृत संरचना हटाउन उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेसँग सहयोग मागेका छन् ।
उनले बिहीबार एक पत्र लेख्दै रविको सहयोग मागेको हो ।
‘थापाथलीस्थित बागमती नदी किनारमा अव्यवस्थित र अनधिकृत रुपमा रहेको संरचना हटाई सो क्षेत्रको संरक्षण एवं सौन्दर्यकरण गर्ने कार्य तत्काल अगाडि बढाउन बागमती सभ्यता एकीकृत विकास परियोजना समेतबाट अनुरोध भइ आएको र सो क्षेत्र खाली गराउन महानगरबाट आवश्यक सबै समन्वय र प्रयास अगाडि बढाइएको भएतापनि सो सफल हुन सकेको अवस्था छैन’, महानगरले लेखेको छ ।