बालेनका प्रहरी प्रमुखमाथि महिला हवल्दार दुर्व्यवहारको आरोप, छानबीन समिति गठन-Sutra News

बालेनका प्रहरी प्रमुखमाथि महिला हवल्दार दुर्व्यवहारको आरोप, छानबीन समिति गठन

बिहिबार, १४ पौस २०७९

बिहिबार, १४ पौस २०७९

काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख यतिवेला विवादमा छन् । महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोप लागेका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ ।



प्रहरी हवल्दार गंगा उप्रेतीले आफूलाई सुत्केरी हुँदा पाण्डेले दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि उनीमाथि छानबीन गर्न लागिएको हो ।

छानबिन समितिको संयोजकमा सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेल छन् भने न्याय प्रशासन विभागकी सुमित्रा लामिछाने र सहरी योजना आयोगकी उपनिर्देशक सरिता कुमारी राई सदस्य छिन्।

समिति गत पुष ८ गते गठन गरिएको थियो ।

छानबीनका क्रममा उनी दोषी ठहरिए उनीमाथि कारबाही हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट