नागरिक उन्मुक्ति सुदूरपश्चिम संसदीय दलको नेतामा रामेश्वर चौधरी चयन-Sutra News

नागरिक उन्मुक्ति सुदूरपश्चिम संसदीय दलको नेतामा रामेश्वर चौधरी चयन

बिहिबार, १४ पौस २०७९

बिहिबार, १४ पौस २०७९

नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेतामा रामेश्वर चौधरी चयन भएका छन् ।



कैलाली क्षेत्र नम्बर २ प्रदेश सभा २ बाट निर्वाचित चौधरीलाई संसदीय दलको नेतामा चयन भएका हुन् । उनी पार्टीको निर्णयमा दलको नेता चयन भएका हुन् ।

संसदीय दलको नेताका लागि उनीसहित चारजनाको दाबी थियो । कैलाली निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा २ बाट निर्वाचित लक्ष्मणकिशोर चौधरी, प्रदेश १ बाट निर्वाचित कैलाश चौधरी र समानुपातिकतर्फबाट निर्वाचित टीका थापा संसदीय दलको नेतामा दाबी गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट