काठमाडौं– कालो मोती उपनामले चिनिने विश्व प्रख्यात फुटबल खेलाडी पेलेको ८२ बर्षको उमेरमा विहीबार राती ब्राजिलको साओ पाउलोमा निधन भएपछि उनको ऐतिहासिक योगदानको चर्चाले व्यापकता पाएको छ।
एनको खास नाम एडसन एरेन्टेस नासिमेन्टो हो। उनी कसरी पेलेको नामले परिचित भए भन्नेचाहिँ रोचक प्रसङ्ग छ।
त्यसका लागि उसको बाल्यकालमा फर्किनुपर्छ । उनका काका जर्जका अनुसार, जब एडसन एरेन्टेस सानो केटा थिए, उनीहरूले आफ्ना विरोधीहरूलाई फाइदा दिनको लागि उसलाई गोलकीपरको रूपमा राखे।
पेले स्ट्राइकरको रूपमा यति राम्रो थिए कि उनका विपक्षीहरूले मौका पाएनन्। जब उनले बचाउ गर्न थाले कतिपयले उनलाई आफ्ना बुवासँग खेलेका गोलकिपर बिलेसँग तुलना रे। उनको नाम पेले भनी बिकसित नभएसम्म उनलाई बिले भनिन्थ्यो। तर पेलेलेलाई भने एडसन भन्ने नाम नै मन पर्दथ्यो। उनलाई पेले भनी सहपाठीले नाम दिँदा रिसाएका पनि थिए। झगडा गर्दा दुई दिन विद्यालयबाट निलम्बन गरियो।
पेले भन्ने अर्थहिन नाम भएको उनलाई लाग्दथ्यो। तर, जब उनले यो नामको अर्थ हिब्रुमा चमत्कार बन्ने थाहा पाए, स्वीकार गरी फुटबल करिअरलाई तेज गतिको बनाए।
पेलेले विश्वकप फुटबलको उपाधि तीन पटक जितेका छन्। २३ अक्टोबर १९४० मा जन्मिएका उनको विहीबार राती भएको निधनले फुटबल दुनियाँ स्तब्ध छ।
अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटीले उनलाई शताब्दि खेलाडी उपाधि दिएको थियो। सन् १९५८, १९६२ र १९७० को विश्वकप उपाधि ब्राजिललाई जीताएका थिए। पेलेकी छोरी केली नासिमेन्तोले सामाजिक सञ्जालमार्फत आफ्नो बुवाको निधन भएको पुष्टि गरेकी थिइन्। पेलेले विश्वमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका थिए। उनले आफ्नो २१ वर्षे फुटबल करिअरमा १३६३ खेलमा कीर्तिमानी १२८१ गोल गरेका छन्। उनले आफ्नो देशका लागि ९२ खेलमा ७७ गोल गरेका छन्। आफ्नो देश ब्राजिलमा, खेलमा उनको उपलब्धि र योगदानका कारण, पेलेलाई राष्ट्रिय नायकका रूपमा लिइन्छ।
फिफाले आधिकारिक रूपमै विश्वभरका लागि उनलाई फुटबल राजदूत नियुक्त गरेको थियो। उनलाई ब्राजिलको सरकारले राष्ट्रिय सम्पति घोषणा गरेको छ। गरीबहरूको सामाजिक अवस्था सुधार्ने नीतिहरूप्रति उनले गरेका समर्थनहरू निक्कै उलेख्य छन्।
जब उनले एक हजारौँ गोल गरे, त्यसलाई उनले ब्राजिलका गरिब बालबालिकाका निम्ति समर्पित गरे। दुनियाँका आँखामा उनी अहिले पनि फुटबल जादुगर हुन्, फुटबलका सम्राट मानिन्छन्।
उनले अभावग्रस्त बाल्यकालमा नाङ्गा खुट्टाले झुम्रा र माजाका बल खेले र यसरी नै फुटबलको सुन्दरतम् कला सिके। १६ वर्षमै उनी ब्राजिलको राष्ट्रिय टोलीमा परे र १७ वर्षको उमेरमा विश्वकप खेल्ने विश्वकै कान्छो खेलाडी पनि बने। सन् १९५८को त्यो विश्वकपपछि त उनी विश्व प्रख्यात भइसकेका थिए।
भिडिओ रिपोर्ट
पेले भन्ने नाममा ती महान् खेलाडीको दुःख, कष्ट र दरद्रिताको कथा भरिएको छ। पेलेका संघर्ष र सफलताका कथा केही शव्दमा मात्र वर्णन गर्नु बाञ्छनीय हुनेछ। उनी शव्दशुन्य प्रशंशाका पात्र थिए। तर, हामीले पेलेका केही रोचक प्रसङ्गलाई बीबीसीको सहयोगमा उतार्ने प्रयास गरेका छौं।
गत अक्टोबर २३ मा उनले आफ्नो जन्मदिन मनाएका थिए। उनी मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित थिए।
पेलेले सन् १९७७ मै खेल जीवनबाट सन्न्यास लिएका थिए। तर पनि अझै उनी विश्वका सर्वाधिक परिचित व्यक्तिमध्ये पर्छन्। पेले तीनवटा विश्वकप जीतेका कारण सबैभन्दा राम्ररी चिनिन्छन्। त्यस्तो अवसर पाउने उनीबाहेक अर्को खेलाडी छैन पनि।
रेफ्रीले मैदान छाड्नुपरेको थियो
बोगोटामा जुन १८, १९६८ मा पेलेको क्लब सान्तोस एफसीले कोलम्बियन ओलम्पिक स्वाडसँग एउटा मैत्रीपूर्ण खेल खेलिरहेको थियो।
दर्शकहरूले भरिभराउ रङ्गशालामा रेफ्रीले फाउल र आफ्नो अपमान गरेको भन्दै पेलेलाई मैदान छाड्न भने। रेड कार्डको चलन सन् १९७० बाट मात्र सुरु भएको थियो।
रेफ्रीको उक्त निर्णयको विरोधमा सान्तोसका खेलाडीहरूले उनलाई घेरे। दर्शकहरूको भिडले पनि उक्त निर्णयको विरोध गर्यो।
सन् २०१० को एउटा अन्तर्वार्तामा ती रेफ्रीले त्यसपछि आफूलाई खेल छाड्न लगाई एक लाइन्सम्यानलाई सिट्ठी दिन भनिएको बताए।
पेलेलाई तत्कालै खेलमा भित्राइएको थियो।
के पेलेले साँच्चै युद्ध रोकेका थिए?
युद्ध भइरहेको नाइजिरियामा ४ फेब्रुअरी १९६९ मा हुँदा सान्तोसले स्थानीय टोलीलाई बेनिन सहरमा २–१ ले जितेको थियो।
सन् १९६० को दशकमा पेलेको क्लब सान्तोस एफसी विश्वको निकै प्रसिद्ध फुटबल क्लबमध्ये गनिन्थ्यो। संसारभरि उसले मैत्रीपूर्ण खेलहरू खेल्ने अवसर पाएको थियो।
तिनै मध्येको एउटा खेल युद्ध भइरहेको नाइजिरियामा फेब्रुअरी ४, १९६९ मा हुँदा सान्तोसले स्थानीय टोलीलाई बेनिन सहरमा २–१ ले जितेको थियो।
सान्तोस क्लबको इतिहासको विवरण राख्ने एक व्यक्तिका भनाइमा ब्रजिलको टोलीको सुरक्षा सुनिश्चित गर्न त्यहाँको गृहयुद्धमा पक्षबीच युद्धविराम घोषणा गरिएको थियो।
पेलेले यस कुरालाई आफ्नो दोस्रो आत्मवृत्तान्तमा उल्लेख गरेका छन्। ‘त्यो कुरा पूरै साँचो हो होइन मलाई थाहा छैन तर नाइजिरियालीहरूले हामी त्यहाँ हुँदा कुनै धावा नबोल्ने सुनिश्चितता गरेका थिए।’
पेले र बीटल्सको कथा
सन् १९७५ मा पेले न्यूयोर्क कसमसका तर्फबाट अमेरिकाको पहिलो व्यावसायिक फुटबल लीग खेल्न न्यूयोर्क पुगे।
उनी अङ्ग्रेजीको कक्षा लिन गएको एउटा भाषा पाठशालामा द बीटल ब्यान्डका जोन लेननले जापानी भाषा सिकिरहेका थिए।
उनको भनाइअनुसार लेनन र बीटल्सका अन्य सदस्य सन् १९६६ मा इङ्ल्यान्डमा खेलिएको विश्वकपका बेला ब्रजिली टोलीलाई होटलमा भेट्न आउन खोजेका थिए।
पेलेले आफ्नो पुस्तकमा लेखेअनुसार जसलाई पुरातनवादी ब्रजिली फुटबल सङ्घका निर्देशकहरूले रोकेका थिए।
कहिल्यै युरोपेली क्लबबाट खेलेनन्
उनका आलोचकहरू पेलेले कहिल्यै युरोपेली फुटबल नखेलेर आफ्नो जीवन सहज बनाएको ठान्छन्।
अन्य ब्रजिली खेलाडीलाई झैँ पेलेलाई आफ्नो महत्त्वपूर्ण समयमा विदेशमा गएर खेल्न रोकिएको थियो।
सान्तोस एफसी क्लबले रेआल मड्रिड र एसी मिलानजस्ता क्लबका प्रस्ताव लत्याइदिन्थ्यो।
त्यतिखेर आफू खेल्ने ठाउँमा खेलाडीको खासै चल्दैनथ्यो र पेलेलाई ब्रजिलमै राख्न त्यहाँको सरकारको उच्च तहबाट दबाव पनि थियो।
सन् १९६१ मा त्यहाँका राष्ट्रपतिले पेलेलाई ’राष्ट्रिय सम्पत्ति’ भन्दै ’निर्यात गर्न नसकिने’ बताएका थिए।
५० वर्षको उमेरमा बल्ल कप्तान
सधै क्लब र देशको लागि क्याप्टेन बन्न अस्वीकार गर्ने पेलेले आफ्नो खेलजीवनमा केवल एक पटक त्यो भूमिका निर्वाह गरेका छन्।
त्यतिबेला उनी ५० वर्षका थिए। त्यो सन् १९९० मा आफ्नो राष्ट्रिय टोलीको जिम्मेवारीबाट सन्न्यास लिएको १९ वर्षपछि थियो।
आफ्नो ५०औँ जन्मदिनका अवसरमा मिलानमा ब्रजिलविरुद्ध बाँकी विश्वले खेलेको मैत्रीपूर्ण उक्त खेलमा पेलेले ४५ मिनेट खेलेका थिए।
पेलेको ‘अपहरण’
सान्तोस एफसीका खेलाडीहरू ट्रिनिडाड एन्ड टोबागोमा सन् १९७२ को सेप्टेम्बर ५ मा खेल्दा त्यति सन्तुष्ट थिएनन्।
त्यहाँ आन्दोलन भएको र सडकमा ट्याङ्क देखिएको कुरा खेलाडीहरूले सञ्चारमाध्यमहरूलाई पछि बताएका थिए।
उनीहरू सक्दो छिटो खेल खेलेर विमानमा फर्किन सहमत भएका थिए।
तर पेलेको ४३ मिनेटको गोलपछि दर्शकहरू अनियन्त्रित भए। मैदामै गएर काँधमा पेलेलाई बोकेर सडकमा विजय जुलुस निकाले।
उनलाई उद्धार गर्न असहज रूपमा केही मिनेट समय लाग्यो।
सल्भेस्टर स्टिलोनको ख्याति खोसिदिए
जब फिल्म इस्केप टू भिक्ट्रीको छायाङ्कन सन् १९८० मा सुरु भयो सल्भेस्टर स्टलोन फिल्म उद्योगका चर्चित भइसकेका थिए।
इस्केप टू भिक्ट्रीले दोस्रो विश्वयुद्ध ताकाको नाजी–११ र बन्दीहरूको टोलिबीचको खेलको एउटा काल्पनिक कथा देखाउँछ।
पेले त्यसमा अन्य विश्वकप जितेका खेलाडीहरूसहित थिए।
एउटा दृश्यमा पेलेले आग्रह गरेको पहिलो पटकमै एक्रोबेटिक बाइसाइकल किक निसाना नचुक्नेगरी हानेका थिए।
‘सुरुको पटकथामा स्टलोन अग्रपङ्क्तिमा र म गोलरक्षको भूमिकामा थियौँ’, पेलेले भने।
तर उनले जीवनभरि एउटा बल राम्ररी किक हान्न सकेनन्।
पेले राम्रै गोलरक्षक
इस्केप टू भिक्ट्रीमा गोलकीपरको अभिनय गरेका पेले वास्तवमै राम्रा गोलरक्षक थिए।
एउटा खेलामा एक खेलाडी मात्र फेर्ने पाउने अवस्थामा उनले क्लब र राष्ट्रिय टोलीका लागि गोलरक्षको उत्तरदायित्त्व पनि वहन गरेका छन्।
सान्तोस फुटबलक क्लबका लागि उनी चार चोटि गोल रक्षक बने। त्यसमध्ये सन् १९६४ मा आयोजित ब्रजिलियन क्लबको सेमिफाइनल खेल पनि थियो।
उक्त खेलमा उनको टोली विजयी भयो। पेलेले कुनै गोल खाएनन्।
एउटा मात्र पेले छैनन्
उनका प्रसंशकहरू ‘देअर इज वन्ली वन पेले!’ गीत गाउँदा निकै रमाउँछन्।
तर गीतमा भनिए झैँ वास्विकतामा एक जना मात्र पेले छन् भन्ने होइन।
अफ्रिकाका एक निकै चर्चित फुटबल खेलाडी अवेदी अयु अवेदीले पेलेको रूपमा घाना र कैयौँ युरोपेली क्लबमा खेले।
इङल्यान्डमा केप भर्डीका डिफेन्डर पेड्रो मोन्टिरो, जो सन् २००६ मा साउथम्टन गए, उनी समेत बाल्यकालको बोलाउने नाम पेलेकै रूपमा चर्चित भए।
राष्ट्रपति बन्न चाहन्थे
सन् १९९० मा पेलेले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई देशको सन् १९९४ को चुनावमा राष्ट्रपतिमा लड्ने कुरा आफूले रुचाइरहेको बताएका थिए। त्यो अवसर कहिल्यै आएन।
तर उनी राजनीतिमा प्रवेश गरेर सन् १९९५ देखि सन् १९९८ सम्म ब्रजिलको खेलकुदमन्त्री बनेका थिए।
पेले अस्पतालमा रहँदा हालै मात्र सम्पन्न भएको विश्वकप २०२२ मा ब्राजिलले सबै खेल उनको स्वास्थ्य र इतिहासका लागि समर्पण गरेको थियो। यसकारण ब्राजिल यो विश्वकपको उपाधि पेलेका नाममा नै उचाल्न चहान्थ्यो। तर, त्यो सम्भव भएन। यद्यपि पेलेले अस्पतालबाट राष्ट्रिय टोलीको उत्साहमा कमी आउन दिएनन्।
यी महान् खेलाडीको महाप्रस्थानमा विश्व विक्षिप्त भएका बेला हामी भन्छौं– हार्दिक श्रद्धा सुमन! फुटबलका महारथी।