अश्लील भिडियो पोष्ट गरेर आर्थिक लाभ लिने १८ वर्षीय किशोर प्रहरी फन्दामा-Sutra News

अश्लील भिडियो पोष्ट गरेर आर्थिक लाभ लिने १८ वर्षीय किशोर प्रहरी फन्दामा

शुक्रबार, १५ पौस २०७९

शुक्रबार, १५ पौस २०७९

काठमाडौं । टेलीग्राम च्याट ग्रुपमा अश्लील भिडियो पोष्ट गरी आर्थिक लाभ लिने कार्यमा संलग्न काठमाडौं बुढानिलकण्ठ नगरपालिका-९ उमंटोल बस्ने धादिङ थाक्रे गाउँपालिका-७ घर भएका १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।



ती किशोरीले सामाजिक सञ्जालको माध्यमद्वारा प्रेमी-प्रेमिकाको बहानामा अनलाइन अश्लील क्रियाकलाप गर्ने र उक्त क्रियाकलापको श्रव्यदृश्य तथा तस्बिरहरू सामाजिक सञ्जालका विभिन्न च्याटग्रुपहरुमा आर्थिक लाभका लागि प्रसारण गरी महिला तथा नाबालिकाहरुको चरित्रह-त्या गर्ने, दुःख हैरानी दिने कार्यमा संलग्न रहेकोले उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीउपर जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट