‘राष्ट्रपति बन्न चाहन्थे पेले’-Sutra News

‘राष्ट्रपति बन्न चाहन्थे पेले’

शुक्रबार, १५ पौस २०७९

शुक्रबार, १५ पौस २०७९

फुटबलका सम्राट उपनामले पनि परिचित महान् फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ।



गत अक्टोबर २३ मा उनले आफ्नो जन्मदिन मनाएका थिए।

उनलाई ठूलो आन्द्राको क्यान्सर भएको थियो। उनी मिर्गौला र प्रोस्टेटको समस्याबाट पनि पीडित थिए।

पेलेले सन् १९७७ मै खेल जीवनबाट सन्न्यास लिएका थिए। तर पनि अझै उनी विश्वका सर्वाधिक परिचित व्यक्तिमध्ये पर्छन्।

सन् १९९० मा पेलेले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई देशको सन् १९९४ को चुनावमा राष्ट्रपतिमा लड्ने कुरा आफूले रुचाइरहेको बताएका थिए।

त्यो अवसर कहिल्यै आएन।

तर उनी राजनीतिमा प्रवेश गरेर सन् १९९५ देखि सन् १९९८ सम्म ब्रजिलको खेलकुदमन्त्री बने। बीबीसी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट