![rabi home](https://www.sutranews.com/wp-content/uploads/2022/12/rabi-home.png)
![निर्मला पन्त प्रकरण- गृहमन्त्री रविको हातमा पुग्यो फाइल, नयाँ छानबीन समिति गठन](https://www.sutranews.com/wp-content/uploads/2022/12/rabi-home.png)
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला हत्या प्रकरणको विषयमा छानबीन गर्न नयाँ समिति गठन गरेका छन् ।
प्रहरी प्रधान कार्यालय नक्सालले नयाँ अनुसन्धान समिति गठन गरेको हो ।
प्रहरी प्रधान केन्द्रीय कार्यालयले अनुसन्धान ब्यूरो (सीआईबी) की प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।
समितिमा ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) कमल थापा, प्रहरी निरीक्षक (इन्स्पेक्टर) धिरेन्द्र रोकाया, मनोचिकित्सकसहितका सदस्यहरु छन् ।
रवि लामिछानेले आफू संचार जगतमा हुँदा पनि यस विषयमा बढी चासो व्यक्त गरेका थिए ।
२०७५ साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका २, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको शव भेटिएको थियो । उनको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट खुलेको थियो ।