१७ अंकले बढ्याे सेयर बजार-Sutra News

१७ अंकले बढ्याे सेयर बजार

आइतबार, १७ पौस २०७९

आइतबार, १७ पौस २०७९

काठमाडौं – साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचकमा आज १७.२६ अंक वृद्धि हुँदा सेयर बजार २०४६.२९ विन्दुमा पुगेकाे छ । आज ०.८८ प्रतिशतले सेयर बजार बढेको हो ।



साथैै, २६१ कम्पनीको कारोबारमा एक करोड ८ लाख ८० हजार ९०४ कित्ता सेयर किनबेच हुँदा चार अर्ब चार करोडभन्दा बढीको सेयर कारोबार  भएको छ ।

आज नविल बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको २२ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । नेपाल दुर सञ्चार कम्पनीको १९ करोडभन्दा बढीको सेयर बिक्री भएको छ ।

सृजनसिल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । साथै खप्तड लघुवित्त, धाैलागिरि लघुवित्तको ९.९९ प्रतिशत र अजोड बिमा प्रभु बिमाको ९.९८ प्रतिशतले मूल्य वृद्धि भएको छ।

कुल १२१ कम्पनीकाे सेयर उकलो लागेको छ भने ८७ कम्पनीकाे मूल्य ओरालो लागेको छ । जम्मा चार कम्पनी स्थिर रहेका छन् ।  आज विकास बैंक र फाइनान्सबाहेक सबै उपसुचकमा हरियाली छाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट