छिटोछरितो ढंगले जनताका काम गर्न सीडीयो र प्रहरी अधिकारीहरुलाई गृहमन्त्री लामिछानेको निर्देशन-Sutra News

छिटोछरितो ढंगले जनताका काम गर्न सीडीयो र प्रहरी अधिकारीहरुलाई गृहमन्त्री लामिछानेको निर्देशन

सोमबार, १८ पौस २०७९

सोमबार, १८ पौस २०७९

काठमाडौं – गृहमन्त्री रवि लामिछानेले सकेसम्म छिटोछरितो ढंगले जनताका काम गर्न सीडीयो र प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् ।



सोमबार प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा प्रमुखहरुसँग भर्चुअल बैठकमा गृहमन्त्री लामिछानेले ७७ जिल्लाकै सीडीयोहरुलाई यस्तो निर्देशन दिएका हुन् । उनले चुस्त दुरुस्त ढंगले जनताको काम गर्न निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले जानकारी दिए ।

उनका अनुसार गृहमन्त्री लामिछानेले मुलुकमा शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्न पनि निर्देशन दिएका छन् । यस्तै उनले शीतलहर, जाडोका साथै प्राकृतिक प्रकोपबाट जनतालाई बचाउन योजनासहित काम गर्न पनि निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट